Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तारकेश्वरमा प्रहरी जवान मृत भेटिए

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-९, मनमैजुमा प्रहरी जवान मृत भेटिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंकाका अनुसार ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत भेटिएका हुन् ।

यो घटना शुक्रबार अपराह्न ५ बजेतिरको रहेको प्रहरीले जनाएको छ । स्थानीयले खबरगरेसँगै प्रहरीको टोली घटनास्थल पुगेको थियो।

खोटाङ घर भएका प्रहरी जवान घिमिरे सामाखुशीमा बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077