Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्राफिक प्रहरी जवान मृत्यु प्रकरण : हत्याको आशंका, अनुसन्धान गर्दै प्रहरी

काठमाडौँ । काठमाडौँको तार्केश्वर-९, मनमैजुमा मृत भेटिएका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या गरिएको आशंका गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागा कार्यरत घिमिरे शुक्रबार मनमैजुस्थित निर्माणाधीन घरमा मृत भेटिएका थिए ।

उनको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान थालेको हो । प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ ।

स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो । घटना शङ्कास्पद देखिएकोले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए । पोस्टमार्टमका लागि प्रहरी जवान घिमिरेको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077