Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनाव प्रचारका क्रममा कन्हैया कुमारमाथि हमला

एजेन्सी । भारतको राजधानी दिल्लीमा उत्तरपूर्वी दिल्लीबाट लोकसभाका लागि कांग्रेस उम्मेदवार कन्हैया कुमारमाथि चुनावी प्रचारका क्रममा हमला भएको छ।

उत्तर-पूर्वी दिल्लीको उस्मानपुरमा आम आदमी पार्टीको स्थानीय पार्टी कार्यालय बाहिर प्रचार गर्ने क्रममा केही व्यक्तिहरूले उनीमाथि पहिले मसी हानेर त्यसपछि थप्पड हानेका हुन्।

उत्तर-पूर्वी दिल्लीका उप पुलिस आयुक्तले आम आदमी पार्टीका काउन्सिलर छाया शर्माको उजुरीपछि यस विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

शुक्रबार साँझ भएको यस घटनासँग सम्बन्धित केही भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । कन्हैया कुमार दिल्लीको उत्तर-पूर्वी लोकसभा सीटबाट कांग्रेसका उम्मेद्वार हुन् ।

उनी यस क्षेत्रबाट दुई पटक भाजपा सांसद भइसकेका मनोज तिवारीसँग प्रतिस्पर्धा गरिरहेका छन्।

भारत गठबन्धनमा सिट बाँडफाँडका अनुसार दिल्लीको कुल सात लोकसभा सिटमध्ये कांग्रेसले तीन सिटमा प्रतिस्पर्धा गरिरहेको छ भने आम आदमी पार्टीले चार सिटमा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077