Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनचाँदीका गहना चोरी गर्ने समूह पक्राउ, मोबाइल पसलका सञ्चालकसहित ६ जना समातिए

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरूलाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका२१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेको आरोपमा ६ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ का २८ वर्षीय सुवास सुनार, काठमाडौं मुलपानी बस्दै आएका ४१ वर्षीय रेशम बिक, टोखा नगरपालिका-३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा-१४ का मोहम्मद समिर रहेका छन् ।

पक्राउ परेका डाँगी न्यूरोड ताम्राकार कम्पलेक्सको मोवाइल पसल संचालक हुन् ।  उनले चोरी भएको बोबाइल किनबेच गरेक प्रहरीको भनाइ छ ।

समिर पनि मोबाइल किनबेचमा संलग्न भएका हुन् । उनीहरूलाई फरक(फरक दिन फरक(फरक ठाउँबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

गुरुङको घरबाट वैशाख ९ देखि ९ गतेको बीचमा सुनचाँदीका गरगहनाहरु, नगद तथा आइफोनलगायतका धनमालहरु चोरी भएको थियो ।

उनीहरूलाई बरामद गरिएको सामानहरूसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077