Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सत्तापक्ष र कांग्रेसबीच संसदीय छानबिन समिति बनाउने सहमति

काठमाडौं । सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षीबीच सहमति भएको छ ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहमति जुटेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठकमा संसदीय समितिको कार्यादेश टिओओरबारे सहमति भने भएको छैन ।

संसदीय समितिको कार्यादेश टिओओरबारे पनि भोलि सम्म कुरा मिल्ने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बसेको नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरुको बैठकबाट सो सहमति जुटेको बताइएको छ ।

नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077