Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सहकारी ठगीबारे छानबिन गर्न गठित समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न गठित संसदीय समितिको कार्यादेश टुंग्याउन आज बैठक बस्दैछ ।

कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक आइतबार बिहान साढे ८ बजे बस्न लागेको हो । बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्नेछ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तापक्ष, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका बीचमा शनिबार सहकारीको बचत अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो ।

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदलसमेत गठन भएको थियो। कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद खनाल रहेका छन्।

सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077