Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्राफिक प्रहरी जवान मृत्यु प्रकरण : हत्या आशंकामा पाँचजना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यद्धपी प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो ।

‘डिउटी’ सकेर घर फर्किंदै गर्दा काठमाडौँको तार्केश्वर-९, मनमैजुमा घिमिरेको हत्या भएको थियो । उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077