Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुईजना गम्भीर घाइते

बुटवल । रुपन्देहीको बुटवलमा बिरामी बोकेको एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । बुटवलनजिकै बेलबासमा आइतबार बिहान सो दुर्घटना भएको हो ।

अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर गइरहेको लु १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल उपमहानगरपालिका–१३ झोलुंगे पुलनजिकै तीन जनालाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ठक्करबाट बुटवल उपमहानगरपालिका–११ बेलबासकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो । घटनामा बुटवल–११ कै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते भएका छन् ।

घाइते दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स र चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका–७का नारायणबहादुर गब्तार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077