Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले सत्ता गठबन्धनको विकल्प खोज्ने पक्षमा छैन : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनको विकल्प खोज्ने पक्षमा एमाले नरहेको बताएका छन् ।

प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले एमाले अहिलेको गठबन्धनलाई २०८४ सालसम्म निरन्तरता दिने पक्षमा रहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पका आधारमा काम गरून्जेल एमालेले काँग्रेस सँग सहकार्य नगर्ने दाबी गरे ।

महासचिव पोखरेलले गृहमन्त्री रवि लामिछाने सहकारीका बारेमा सदनमा बोल्न पाउनुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077