Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलाली प्रहरीको हिरासतमा एक थुनुवाको मृत्यु

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा बेहोस भएका युवकको मृत्युु भएको छ ।

थुनुवा कक्षमा बेहोस भएर ढलेका बुद्धिराम चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भन्सार छलीको आरोपमा सामानसहित पक्राउ परेका धनगढी उपमहानगरपालिका– ८ का चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अवैध सामानसहित पक्राउ परेका चौधरीलाई भन्सार कार्यालयको जिम्मा लगाइएको थियो ।

भन्सार कार्यालयले अनुसन्धान नसकिएकोले थुनामा राखिदिन आग्रह गरेपछि उनी हिरासतमै थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077