Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

छानबिन समितिको कार्यक्षेत्रबारे दलहरूबीच सहमत नजुटेपछि संसद बैठक अनिश्चित

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुट्न नसकेपछि ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अनिश्चित बनेको छ।

गृहमन्त्री रवि लामिछाने मुछिएको सहरकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने सहमति जुटाएका दलहरु कार्यक्षेत्रको विवादमा अल्झिएका हो ।

कांग्रेससहितका विपक्षी दलले संसदीय छानबिन समितिको टीओआरमा सहमति नजुट्दासम्म बैठक नचलाउन आग्रह गरेका छन् ।

विपक्षीको आग्रहपछि प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ । प्रमुख दलहरुहरुको शनिबार बसेको बैठकले सहकारी ठगीबारे संसदीय छानबिन समिति बनाउने सहमति जुटाएको थियो।

समितिको कार्यक्षेत्र टुङ्गो लगाउन कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल रहेको कार्यदल गठन भएको थियो।

संसदीय छानबिन समितिको क्षेत्राधिकारमा अनिवार्य रुपमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान कांग्रेसले राख्दै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीको नाम उल्लेख गर्न नहुने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077