Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माइतीघरमा गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

काठमाडौं। नेपाली कांग्रेस निकट नेविसंघले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ।

नेविसंघले माइतीघरमा सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछाने र गिरिबन्धु टी स्टेटको जग्गा विवादबारे अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै विरोध गरेको हो।

प्रदर्शनमा सहभागीहरूले चिया छानेको सहकारी ठग जोगाउन कत्ति जानेको, सहकारी ठगीको प्रमाण यहाँ छ,रवि दाइ लगायतका नारा लगाएका थिए ।

गृहमन्त्री लामिछानेमाथि संसदीय समिति गठन गर्न सत्ता पक्ष र प्रतिपक्ष सहमत भएपनि कार्यादेशमा सहमति जुट्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077