Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनलाईनमा प्रलोभन देखाएर १६लाख ठगी, सरस्वतीनगरबाट चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाईनमार्फत ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका -२ घर भई हाल काठमाडौं महानगरपालिका-६बस्ने सुदिप प्याकुरेल, सोलुखुम्बु लिखुपिके गाउँपालिकाका संञ्जय बस्नेत, नुवाकोट दुप्चेश्वरका छेवाङ लामा र सिन्धुपाल्चोक पाँचपोखरी थानपालका करण तामाङ गोले रहेका छन् ।

उनीहरुले फेसबुक, व्हाट्सएप, इन्स्टाग्राममा बिभिन्न प्रलोभनहरु देखाएर ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुको माध्यमबाट विभिन्न प्रलोभन देखाई सामान पार्सल, अनलाईनमा लगानी गरेमा दोब्बर कमाई हुने भन्दै प्रलोभन देखाएर अनधिकृत रुपमा ईसेवा आईडीमा पहुँच पुर्‍याई गैरकानूनी कार्य गर्ने गरेका थिए ।

उनीहरुले विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटबाट पटकपटक गरी १६लाख ५९ हजार ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077