Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित भएको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै सभामुख देवराज घिमिरेले आइतबारको सबै कार्यसूची हटाएको जानकारी गराएका थिए ।

अब प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।

यसअघि रविलाई संससमा बोल्नबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077