Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

सभामुखको सचिवालयका अनुसार बैठक आज बिहान १० बजे संसद्को शंकर हलमा बस्नेछ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज चौथोपटक विश्वासको मत लिने कार्यक्रम छ । संसद् बैठक बिहान ११ बजेका बोलाइएको छ । त्यसअघि कार्यव्यवस्थाको बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077