Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानका राष्ट्रपति सवार हेलिकोप्टर जलेको अवस्थामा फेला, सबैको मृत्यु भएको आशंका

एजेन्सी । आइतबार हेलिकप्टर दुर्घटनामा परेका इरानका राष्ट्रपति इब्राहिम रैसी तथा विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको आशंका गरिएको छ ।

राष्ट्रपति रैसी र विदेशमन्त्री अब्दुल्लाहिन सवार हेलिकोप्टर दुर्घटना हुँदा कोही पनि जीवित रहेको संकेत नपाइएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले पनि होलिकोप्टर पूर्ण रूपमा जलेको पाइएको उल्लेख गरेको छ ।

अधिकारीहरूले राष्ट्रपति सवार हेलिकोप्टर पूर्ण रूपमा जलेको पाइएको र यात्रीको मृत्यु भएको आशंका गरिएको छ । प्रारम्भिक रिपोर्टअनुसार सो हेलिकप्टर हुस्सु लागेका कारण दुर्घटना भएको अनुमान गरिएको छ।

२० वटा उद्धार टोली र ड्रोनहरूको माध्यमबाट राष्ट्रपति सवार हेलिकप्टर खोजी भइरहेको छ।

तर हेलिकप्टर अवतरण भएको भनिएको क्षेत्रमा हुस्सुका कारण खोजी प्रयास जटिल भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077