काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बधाई दिएका छन् ।
प्रतिनिधिसभाबाट चौथोपटक विश्वासको मत पाएपछि अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै बधाई दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा आजै चौथोपटक विश्वासको मत पाएका छन् ।
प्रतिनिधि सभामा भएको मत विभाजनमा प्रचण्डको पक्षमा १५७ र विपक्षमा शून्य मत परेको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए ।