Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पञ्चायतदेखि बहुदलसम्मका सबै प्रकरणमा छानबिन गर्नुपर्छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सुगौली सन्धिपछि सबै प्रकरणहरूको छानबिन गर्नुपर्ने बताएका छन्।

संसद भवन परिसरमा बोल्दै सांसद सुवालले सुगौली सन्धि यताकै विभिन्न प्रकरणहरूमा छानबिन गर्नुपर्ने बताएका हुन् ।

कांग्रेसले सहकारी प्रकरणमा छानबिन हुनुपर्ने माग राखेको भन्दै उनले आफ्नो पार्टीले सबै प्रकरणहरूमा छानबिनको माग राख्दै आएको बताए।

सांसद सुवालले भने, 'सुगौली सन्धि हुँदा नेपालबाट गएका दुईजना प्रतिनिधिले भारतमा जग्गा लिएर नेपालको भूमी कम गराइदियो।राणाहरूले पाउण्ड लिएर बेलायत र भारतमा जग्गा जमीन जोडेर युवालाई गोर्खा भर्तीमा पठाइदिए। सबै छानबिन हुनुपर्छ। पञ्चायतको, बहुदलको सबै छानबिन हुनुपर्छ।'

सांसद सुवालले अनियमितता देखिएको ठाउँमा कारबाही गर्न नसक्दा गृहमन्त्रीको सामर्थ्य र योग्यता नपुगेको पुष्टि हुने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077