Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भीम रावलले भने - गगनलाई पक्राउ नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्

काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले कांग्रेस महामन्त्री गगन थापालाई राज्यको सूचना बेचेको अभियोगमा तत्काल पक्राउ गरिनुपर्ने बताएका छन् ।

सामाजिक संञ्जालमा स्टाटस लेख्दै नेता रावलले महामन्त्री थापालाई तत्काल गिरफ्तार गर्नु पर्ने बताएका हुन् ।

गृहमन्त्री रवि लामिछानेले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए ।

उक्त अभिव्यक्तिपछि आज नेता रावलले महामन्त्री थापालाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने बताए।

नेता रावलले देशको सूचना बेचेको आरोप लागेका महामन्त्री थापालाई गिरफ्तार गरेर कारबाही प्रक्रिया अगाडि नबढाएको खण्डमा प्रधानमन्त्री लामिछानेलाई बरखास्त गर्नुपर्नेसमेत बताए ।

नेता रावलले राज्यका सूचना बेच्नु देशद्रोह भएको भन्दै यसरी सूचना बेच्ने कांग्रेसका महामन्त्री थापालाई गृहमन्त्री लामिछानेले कारबाही गर्नुपर्ने बताए ।

नेता रावलले भनेका छन्,'यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसदमा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कार्वाई गरियोस् । यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तुरून्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ।'

गृहमन्त्री लामिछानेले महामन्त्री थापामाथि विभिन्न योजनाहरुमा भ्रष्टाचार गरेका आरोप लगाएका थिए । ती मुद्दामा पनि राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान हुनुपर्ने नेता रावलले बताए ।

यदी यस्ता आरोप झुठा ठहरिए देशको गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा लामिछानेमाथि कानूनी कारवाही गनुपर्ने नेता रावलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077