Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुटपिट मुद्दामा फरार रहेका मिलन र विजय पक्राउ

काठमाडौं । कुटपिट अंगभंग सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको महालक्ष्मिस्थानबाट फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने‍मा काभ्रेको रोशी गाउँपालिका-४ घर भई हाल ललितपुरको इमाडोल बस्ने २६ वर्षीय मिलन तामाङ र तेमाल गाउँपालिका-७ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २८ वर्षीय विजय लामा रहेका छन्।

उनीहरूले २०८० फागुन १७ गते काठमाडौंको कोटेश्वरस्थित केएलसी क्लब अगाडि राजन बरुवाललाई अंगभंग हुने गरी कुटपिट गरेका थिए। घटनापश्चात दुबै जना फरार रहेका थिए ।

पक्राउ परेका दुवैलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077