Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बेपत्ता परिवारको खोजीका लागि राज्य गम्भीर देखिएन् : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले बेपत्ता योद्धाहरूका बारेमा राज्य बेपरवाहजस्तो देखिएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय बेपत्ता योद्धा स्मरण दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकको परिवर्तनमा सहिद बेपत्ताहरूको महत्वपूर्ण योगदान भए पनि अहिले बेपत्ता योद्धाहरूका बारेमा राज्य बेपरवाहजस्तो देखिएको बताए ।

जनयुद्धमा बेपत्ता भएकाहरू राज्यको परिवर्तनका हकदार भएकाले उनीहरूको स्वामित्व राज्यले लिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077