Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिंगापुरमा लागुऔषध कारोबारमा संलग्न १५९ जना पक्राउ

सिंगापुर । सिंगापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरो (सीएनबी) ले मे ६ देखि १७ सम्म मुलुकव्यापी लागुऔषध विरोधी अभियानका क्रममा १४ वर्षीय विद्यार्थीसहित १५९ जनालाई पक्राउ गरेको छ ।

लागुऔषध ओसारपोसारका क्रममा सीएनबीले दुई लाख २१ हजार सिंगापुर डलर (एक लाख ६४ हजार अमेरिकी डलर) को अनुमानित मूल्यको ९३७ ग्राम हेरोइन, ३७६ ग्राम आइस र १६१ ग्राम गाँजासहित अन्य लागुपदार्थहरू बरामद गरेको छ ।

उनीहरूमा अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077