Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकाविहानै काठमाडौंको थलीमा पुरुषको शव फेला, घटना शंकास्पद

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा एकजना पुरुषको शव भेटिएको छ ।

मंगलबार विहान साढे पाँच बजे उनको शव शंकास्पद अवस्थामा भेटिएको हो ।

उनको पहिचान खुल्न बाँकी छ । थली प्रहरीका अनुसार शव थलीको उकालामा फेला परेको हो । शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।

कालो कपडाले शवको अनुहार ढाकिएको छ । घटना स्थलमा दुईवटा ब्लेड फेला परेको प्रहरीको भनाई छ ।

अहिले प्रहरीले घटनास्थलको मुचुल्का उठाइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077