Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपाल भन्छन् - संसदमा भइरहेका घटना सुखद् छैनन्

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसदमा भइरहेको घटना दु:खद भएको बताएका छन्।

जनकपुरमा समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले सांसदमा घटिरहेका घटना वार्ता र संवादबाट समाधान गर्नु पर्ने बताए।

अध्यक्ष नेपालले भने,‘संसदमा जुन किसिमका घटनाहरु घटिरहेका छन् । वास्तवमा ती घटनाहरू सुखद छैन । वार्ता र संवादबाट ती कुराहरुको समाधान खोज्नु पदर्छ।’

नेपालले आफ्नो दल उथलपुथलको राजनीतिमा नरहने समेत बताए ।

जसपा नेपाल विभाजति भएर विपक्षी गठबन्धनमा जाँदा समाजवादी मोर्चाको भविष्य के हुनेबारे दलहरुबीच बसेर छलफल गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077