Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेसँग तत्काल पार्टी एकताको सम्भावना छैन : माधव नेपाल

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेसँग तत्काल पार्टी एकताको अवस्था नरहेको बताएका छन्।

समाजवादी प्रेस संगठनले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले आफ्नो नेतृत्वको दलमा ‘केही अप्ठ्यारा’ रहेपनि कसैसँग एकता गरेर जाने अवस्था भने नरहेको बताए ।

अध्यक्ष नेपालले भने,‘मान–नमान, मै तेरा मेहमानजस्तो हाम्रो पार्टी होइन् । अरुले मान दिएर हाम्रो पार्टी चल्छ भने होइन । यसको आफ्नै गौरव छ । पार्टीहरुमा समस्या छ । धेरै बढी अप्ठ्यारो मेरै पार्टीमा छ । हाम्रो आफ्नै पाराको पार्टी छ ।’

उनले कुनै पार्टी फुटोस भने चाहना आफूहरुको नरहेको पनि बताए । संघीय संसदमा भइरहेको गतिविधि दु:खद रहेको पनि बताए ।

संसदमा भइरहेको घटनाक्रमलाई वार्ता र संवादमार्फत समाधान गर्नुपर्ने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077