Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

गैँडाको खाग खरिदबिक्रीमा संलग्न ६ जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले एकसिंगे गैँडाको खाग किनबेच गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

घाँस दाउरा गर्न जंगल गएका बेला मरेर सडेगलेको अवस्थामा भेटिएको गैँडाको खाग झिकेर राखेको लामो समयपछि बिक्री गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–१६ बस्ने २९ वर्षीय क्रान्ति खड्का, ३८ वर्षीय लेखनाथ सुनार, सोही नगरपालिका–१५ बस्ने ५० वर्षीय छविलाल परियार, ३६ वर्षीय प्रकाश घिमिरे, बुलिङटार गाउँपालिका–४ बस्ने ३५ वर्षीय खिमबहादुर बराल र बझाङको छबिसपाथिभरा गाउँपालिका–१ बस्ने २७ वर्षीय प्रकाशराज जोशी रहेका छन् ।

पक्राउ परेकाहरूलाई चितवन निकुञ्ज कार्यालयले मंगलबार बिहान निकुञ्ज मुख्यालय कसरामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनीहरू गएको चैत्र २७ मा भरतपुर महानगरपालिका-६ बाट पक्राउ परेका थिए ।

निकुञ्जको पश्चिम क्षेत्र अमलटारी सेक्टर अन्तर्गत रहेको नवलपरासीको गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनमा भेटिएको गैँडाको सो खागको उचाइ दुई दशमलव चार इन्च र तौल जम्मा ६० ग्राम रहेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077