Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउँदै क्यान, भिसा प्रक्रिया अगाडि बढायो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान सन्दीप लामिछानेलाई टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने प्रक्रिया थालेको छ ।

क्यानका सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् ।

उनले सन्दीपलाई प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग समेत पहल भइरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

टी–२० विश्वकप यही जुन १ देखि शुरू हुँदैछ । यो प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077