Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विकल पौडेललाई २ वर्ष कैद, २५ करोड ४७ लाख जरिवाना

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई दुई वर्ष कैद र २५ करोड ४७ लाख जरिवाना सुनाएको छ ।

पौडेललाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर गर्दै न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठले इजलासले मंगलबार कैद र जरिवानाको सजाय सुनाएको हो ।

यस्तै सोही आरोपमा मुछिएका नविनकुमार पौडेलमाथि ६ महिना कैद र ५ करोड ८४ लाख विगो अनि त्यति नै रकम जरिवानाको फैसला भएको छ ।

विशेष अदालतले रोहितमान प्रधानलाई ५ करोड ८४ लाख जरिवाना गरेको छ ।भुवन महर्जनलाई ५ करोड ७९ लाख रुपैयाँ जरिवाना भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ४० करोडभन्दा बढी अनियमितता गरेको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेललगायतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो प्रकरणमा ४ जनालाई कैद सजाय र जरिवाना तथा ५ जनालाई सफाइ दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077