Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काभ्रेको महाभारतमा बल दम्पतिको हत्या, घरभित्रै भेटियो शव

काभ्रे । काभ्रेको महाभारत गाउँपालिकामा पतिपत्नीको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार महाभारत गाउँपालिका-४ महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बल मंगलबार साँझ घरभित्रै मृत फेला परेका हुन् ।

उनीहरुको टाउकोमा हम्मरले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरूको हत्या कसले र किन गर्‍यो भन्ने खुल्न बाँकी छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ । बल दम्पतीले गाउँमा पसल सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077