Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनका ६० कैदीबन्दीलाई अन्यत्र सारियो

चितवन । गर्मी बढेसँगै चितवन कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो । जिल्ला कारागार चितवनले बढ्दो गर्मीसँगै कारागारमा सरुवा रोग फैलन सक्ने भएकाले स्थानान्तरण गरिएको जनाएको छ।

कैदीबन्दीलाई पनि सतर्कता अपनाउन भनिएको छ। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कुनै पनि रोगको सङ्क्रमण तीव्र हुने भएकाले थप सतर्कता अपनाइएको जिल्ला कारागार चितवनले जनाएको छ ।

कैदीबन्दी भेट्न आउने आफन्तलाई समेत मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।

कारागारमा कैदीबन्दीको चाप बढेपछि वैशाखमा मात्रै ६० जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ।

भीमफेदी कारागार कार्यालय मकवानपुर, वीरगञ्ज कारागार नवलपरासीमा स्थानान्तरण गरिएको छ ।

दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ३५ जना कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077