Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्रीलाई भीम रावलको प्रश्न – मन्त्री र अरूका लागि फरक-फरक कानून छ ?

काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी कानूनी राज्यको उपहास भएको बताएका छन् ।

नेता रावलले सामाजिक सञ्जालमार्फत सिरोहियाको गिरफ्तारीको विरोध जनाउँदै मन्त्री र अरूका लागि फरक–फरक कानून भएको भन्दै प्रश्न गरेका हुन् ।

नेता रावलले लेखेका छन्, ‘गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानूनविपरीत विदेशको समेत गरी दुइटा नागरिकता र राहादानी हुँदा केही कारबाही नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा विवरण फरक परेको भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने ? के मन्त्री र अरूका लागि फरक फरक कानून छ ? कानूनी राज्यको उपहास !’

नेता रावलले आफूविरुद्ध समाचार लेखेकै कारणले प्रतिशोध साध्ने र आतङ्कित पार्ने दुराशयबाट सिरोहियालाई पक्राउ गरिएको हुनसक्ने आशंका व्यक्त गरे ।

उनले गृहमन्त्री लामिछानेसँग नेपालको कानूनविपरीत विदेशको समेत गरी दुई नागरिकता र राहदानी हुँदा केही कारबाही नगरिएको तर सिरोहियालाई दुईवटा नागरिकतामा ’विवरण फरक परेको’ आरोपमा कार्यकक्षबाटै पक्रिएको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077