Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीपलाई अमेरिकाले दिएन भिसा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले  भिसा दिन अस्वीकार गरेको छ।

सन्दीपले सामाजिक सञ्जालमार्फत अमेरिकी दूतावासले अस्वीकृत गरेको बताएका हुन् ।

आईसीसी टी-२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपले आफूलाई भिसा नदिएको फेसबुकमा लेखेका छन् ।

सन्दीपले फेसबुकमा लेखेका छन्,'नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्‍यो।दुर्भाग्य! अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।'

बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको उनले बताएका छन् ।

अदालतबाट सफाइ पाएपछि क्यानले सन्दीपलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077