Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न निर्देशन दिएको छ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो ।

अधिवक्ता ​अनुपम भट्टराईले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो ।​

दरपीठविरुद्ध अधिवक्ता भट्टराईले मंगलवार नै निवेदन दिएका थिए । सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेविरुद्ध कहीँ कतै उजुरी, अभियोग नरहेको भन्दै पत्र दिएको थियो ।

अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077