Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'रेड नोटिस' जारी भएका गौरबलाई रोमानियाबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका-९ बस्ने २४ वर्षीय गौरब नेपाली रहेका छन् ।

NCB Bucharest, Romania को समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको हो ।

गौरब भएको जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अप्रिल २४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077