Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार अधिनायकवाद र निरंकुशतातर्फ अग्रसर भयो : शेखर कोइराला

विराटनगर। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार अधिनायकवाद र निरकुंशता तर्फअग्रसर हुँदै गएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजि कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले मुलुक दिशाविहिन रुपमा अघि बढिरहेको बताए । नेता कोइरालाले पत्रकारहरुलाई तर्साउने गरी कुनै पनि काम नगर्न सरकारलाई आग्रह गरे ।

नेता कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने जिकिर गर्दै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077