Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सिरोहिया पक्राउबारे केपी ओलीले भने - रुवाबासी गर्नुपर्दैन, सबै कानुन मातहत छन्

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहिया पक्राउ प्रकरणमा रुवाबासी गर्नुनपर्ने बताएका छन्।

एमाले दमक नगर कमिटी दोश्रो नगर अधिवेशनका लागि झापा पुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले एकजना मिडिया हाउसका मानिस गिरफ्तार हुँदैमा प्रजातन्त्र खतरामा पर्ने भनेर गलत व्याख्या गर्न नहुने बताए।

अध्यक्ष ओलीले भने,‘जस्तो हयु एण्ड क्राइ भन्छन् नि! त्यो भइराखेको छ। त्यो गर्नुपर्नेजस्तो विषय लाग्दैन मलाई । विवादको विषय हुन सक्छ। जन्मकैद गर्न खोजेको होइन। सञ्चारमाथिको हमला भनेर! पत्रकारमाथि फौजदारी अभियोग छ? मिडिया हाउसको प्रमुखमाथि बेग्लैमुद्दा छ। किन यस्तो समाचार प्रकाशित गर्‍यो? किन यस्तो बोल्यो भन्ने विषय त होइन। विषय अर्कै छ। ’

अध्यक्ष ओलीले कोही समाउँदाखेरि, मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने बताए ।

देशमा सबै कानुका मातहतमा छन् भन्ने कुरा सबैले बुझ्नु र मान्नुपर्ने अध्यक्ष ओलीको भनाइ छ। नागरिकतासम्बन्धी अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077