काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन् ।
बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताए ।
उनले नेपाली कांग्रेस एउटा पात्रका विरुद्ध खनिएको बताउँदै आपत्ति पनि जनाए । ओलीले कांग्रेसजस्तो पार्टी रवि लामिछानेको विरुद्धमा खनिनु भनेको 'भँगेरा मार्न तोप बोकेर जानुसरह' भएको टिप्पणी गरे ।
कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रस्ताव गर्ने र प्रस्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने काम गरेको ओलीको आरोप छ ।