Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अनैतिक क्रियाकलापमा संलग्न युवतीसहित तीनजना पक्राउ

कैलाली । कैलालीमा अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित तीनजना पक्राउ परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका-२ अत्तरिया स्थित डोटी दिपायल होटलबाट प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित दुई युवक र एक युवतीलाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले उनीहरुलाई अनैतिक क्रियाकलाप गराएको अवस्थामा फेला पारी पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077