Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

चुनावी अभियानको कार्यक्रममा ‘स्टेज’ भत्किँदा मेक्सिकोमा ९ जनाको मृत्यु

एजेन्सी । उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल हुरीका कारण भत्किँदा एक बालकसहित ९ जनाको मृत्यु भएको छ।

नुएभो लियोनका गभर्नर स्यामुएल गार्सियाका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये अहिलेसम्म नौ जनाको मृत्यु भएको र अन्य ५० जना घाइते अवस्थामा उपचार भइरहेको छ ।

स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक ‘भिडियो फुटेज’ मा दुर्घटनाको दर्दनाक दृश्यलाई देखिन्छ । भिडियोमा स्टेजबाट भाग्दै गरेका मानिसहरूलाई कैँद गरिएको छ ।

गभर्नर गार्सियाले सामाजिक सञ्जाल एक्समा सान पेड्रो गार्जा गार्सिया सहरमा भएको उक्त घटनालाई एउटा त्रासदीको रूपमा वर्णन गरेका छन्। पिडितका आफन्तहरुले हावाको तीव्र बेगका कारण स्टेज खसेको बताएका छन् ।

भिडियो सामाग्रीमा सैनिकहरू जमिनमा छरिएका भग्नावशेष र अभियान पोस्टरहरूले भरिएको मैदानमा मेडिकल टोलीहरूले शवहरू भ्यानमा सार्दै गरेको देखिएको थियो ।

कार्यक्रम सान पेड्रो गार्जा गार्सियाका मेयरका लागि सिटिजन्स मुभमेन्ट उम्मेद्वार लोरेनिया क्यानावतीका लागि चुनाबी र्‍याली र अभियान समापनपछि सम्बोधनका लागि तयार पारिएको थियो ।

कार्यक्रममा पार्टीका सिनेटर र सांसदहरूका उम्मेद्वारहरूले पनि भाग लिएका थिए । मेक्सिकोको मौसम विज्ञान शाखाले घटनाअघि नै ७० किलोमिटर प्रति घण्टाको हावाले नुएभो लियोन र अन्य उत्तरी राज्यहरूमा सम्भावित आँधीबेहरी आउने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077