Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सहकारी ठगीको कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम राख्नैपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम राख्नै पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि बोल्दै महामन्त्री शर्माले गृहमन्त्री लामिछानेको नाम नराखी समिति बनाउनुको अर्थ नभएको बताएका हुन् ।

उनले गृहमन्त्री जोडिएको सरकारी संस्थाहरुको नाम मात्रै राखेर सहमति जनाउन नसकिनो बताए ।

महामन्त्री शर्माले सहकारी प्रकरणमा एमालेले साथ दिने, गिरीबन्धुमा रास्वपाले साथ दिने गरी अघि बढेको आरोप लगाए।

उनले गिरीबन्धु प्रकरणमा एमाले अध्यक्ष ओलीले कांग्रेसमाथि आरोप लगाएको भन्दै त्यसमाथि छानविन समिति बनाउन आफूहरु तयार रहेको बताए।

गृहमन्त्रीले सदनमा आरोप लगाएको प्रत्येकमाथि छानविन गर्न आफूहरु तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077