Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आपराधिक विश्वासघातको मुद्दामा एक जना पक्राउ

काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर मुद्दाका प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका-१४ घर भई हाल काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने मनिलाल बिक रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो।

ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले गत वैशाख २ गते पक्राउ गर्न अनुमति दिएको थियो।

आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077