Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागु पदार्थको नसामा मातेका सुभाषले गरे चक्कु प्रहार गरी दुसादको हत्या

पर्सा । पर्सामा चक्कु प्रहारबाट एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सखुवा प्रसौनी गाँउपालिका(४ ओझैया प्रसौनी टोलका ५० वर्षीय ललाई हजरा दुसादलाई सुभाष हजारा दुसादले चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

लागु पदार्थ सेवन गरेर नसामा मातेका दुसादले शुक्रबार साँझ निहुँ खोजेर छिमेकी ललाईमाथि चक्कु प्रहार गरेका थिए ।

ललाईको मुख, घाँटी र छातीमा सुभाषाले अन्धाधुन्द चक्कु प्रहार गरेर घाइते बनाएको र घाइते ललाईलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सुभाषलाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077