Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उच्च पदस्थको रुचि र स्वार्थले सरुवामा विकृति

काठमाडौं । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वको स्वार्थ र तिकडमका कारण सरुवामा व्यापक विकृतिहरू देखिन थालेका छन्।

यसो त यो विकृति नयाँ होइन, वर्षौंदेखि सरुवामा व्यापक विकृति देखिए पनि यसलाई सुधार गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुनै भूमिका खेल्न सकेका छैनन् ।

उल्टो ती मन्त्रालयमाथि विकृति बढाउन उद्यत रहेको आरोप लाग्ने गरेको छ।

प्रशासन सुधार, सुशासन र सरकारी सेवालाई प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण निर्णय गर्नुपर्ने भूमिकामा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफ्नो भूमिकामा पूर्ण रूपमा चुक्दै आइरहेको सरोकारवालाको गुनासो छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077