Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसको अवरोधकाबीच अर्थमन्त्रीद्धारा आर्थिक सर्वेक्षण पेश

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरू हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले संसदमा अवरोध जनाएका छन्।

बैठक सुरू हुनेबित्तिकै कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर विरोध गरेका थिए। सभामुख देवराज घिमिरले आज शून्य र विशेष समयको कार्यक्रम नरहेको पनि जानकारी गराएका थिए।

राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई सभामुख घिमिरेले बोल्न समय दिएका थिए। उनले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन्।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेससहित विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्।

कांग्रेसका सांसदहरूको नाराबाजीबीच अर्थमन्त्री वर्षामान पुनले आव २०८०/८१ को आर्थिक सर्भेक्षण संसदमा पेश गरे ।

सर्भेक्षणमा उनले गत आवको पूरा अवधि र चालु आवको ८ महिनासम्मको संघ प्रदेश र स्थानीय तहको क्षेत्रगत विकास र सुशासनको अवस्था विश्लेषण गरेका छन् ।

उनले समग्र आर्थिक अवस्था सुधार भइरहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077