Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्वकपका लागि निरन्तर अभ्यास गर्दै सन्दीप

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आसन्न आईसीसी टी–२० विश्वकप लक्षित अभ्यास जारी राखेका छन् ।

टी–२० विश्वकपमा सहभागी हुन पाउने या नपाउने अन्योलताकाबीच सन्दीपले अभ्यास जारीका हुन् ।

अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले वेस्टइन्डिजमा हुने खेलहरुमा सहभागि गराउने तयारी गरेको छ ।

सन्दीपलाई वेस्टइन्डिजमा हुने प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग समेत सहमति भईसकेको क्यान स्रोतले बतायो ।

बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले सन्दीपको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्ने राष्ट्रिय टोलीमा समावेश गराएको थियो ।

तर, अमेरिकाले लामिछानेको भिसा स्वीकृत गरेको छैन् । नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल वेस्ट इन्डिजमा खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077