Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेश गरिएको छ।

राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायले राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रतिवेदन पेश गरेका हुन्।

उक्त अवसरमा राष्ट्रपति पौडेलले महालेखापरीक्षकको काममा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा सरकारी सम्पत्तिको सही सदुपयोग भए/नभएको र अनियमितता वा हानी-नोक्सानी भएरनभएको विषयमा अझै गहन रूपले परीक्षण हुने विश्वास व्यक्त गरे।

उनले प्रतिवेदनमा उजागर भएका विषयले सम्बन्धित निकाय र सरोकारवालामा आर्थिक कार्यविधि एवम् वित्तीय उत्तरदायित्व प्रति सजग गराउने उल्लेख गरे।

साथै उनले महालेखापरीक्षकलाई संविधान र कानुनले दिएको अधिकार र जिम्मेवारीको परिपालनाबाट मुलुकमा आर्थिक एवम् वित्तीय जवाफदेहिता, पारदर्शीता एवम् निष्ठा अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077