Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने त्रिवि शिक्षण अस्पतालका प्राविधिकविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका तत्कालीन मुख्य प्राविधिक सहायक राजाराम भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा त्रिवि अस्पतालका तत्कालीन मुख्य प्राविधिक सहायक भण्डारीविरुद्ध विशेष अदालत आरोपपत्र दायर गरेको हो।

एसएससी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि हुन आएकाले भण्डारीविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा २०५४ साल भदौ १७ गतेबाट ल्याब व्वाइ पदमा स्थायी नियुक्त हुन।

वरिष्ठ ल्याव पदमा बढुवा हुनका लागि माध्यमिक शिक्षा परिषद,उत्तरप्रदेशबाट हाइस्कुल तह उत्तीर्ण गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ ।

भण्डारीलाई भ्रष्टाचार निवार ऐन २०५९ को दफा १६ को उपदफा १बमोजिम कसुरमा सजाय माग दावी गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077