Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गाजाको शरणार्थी शिविरमा आक्रमण : कम्तीमा ५० जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले रफाह नजिकैको शरणार्थी शिविरमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन् । यस्तै दर्जनौँ व्यक्ति घाइते भएको भएको बताइएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्षित गरी हवाई हमला गरेको पुष्टि गरेको छ । उसले घटनाको समीक्षा भइरहेको बताएको छ ।

अघिल्लो दिन हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो, जुन जनवरीदेखि सहरमा पहिलो लामो दूरीको आक्रमण थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077