Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा चारवटा सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु, २३ जना घाइते

चितवन । चितवनमा चारवटा सवारी साधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भरतपुर महानगरपालिका-२९ को नारायणगढ-मुग्लिङ सडक खण्डको सत्र किलोमा गएराति चारवटा सवारी साधन एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये अन्दाजी १६/१७ वर्षका युवकको भरतपुर अस्पतालमा उपचारको क्रममा २ बजे मृत्यु भएको हो ।

यस्तै इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा १८ जनाको र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट प्युठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं. को बस र वीरगंञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं. को बस एकै ठाउँमा ठक्कर खाँदा दुर्घटना भएको हो । घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077