Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चितवन सडक दुर्घटना : प्रहरी जवानसहित २२ जना घाइते [नामावलीसहित]

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकमा चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक अन्दाजी १६/१७ वर्षको किशोरको परिचय खुलेको छैन।

घाइते २२ जनामध्ये ५ जनाको अवस्था गम्भीर छ भने १३ जना मध्यम र तीन जना सामान्य घाइते छन् । घाइते हुनेहरु अधिकांश प्युठान र अर्घाखाँचीका छन् ।

गए राति काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा.४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौँबाट बर्दिबास जाँदै गरेको ना.७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना.६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको हो ।

घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टार र ४ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घाइते हुनेमा गौमुखी गाउँपालिका-७ का २५ वर्षीय सुरज सुनार छन् । सुरज जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी जवान रहेको खुलेको छ ।

यी हुन् घाइतेहरू :

१. सुधन केसी, २८ वर्ष (प्युठान नौबैनी गाउँपालिका–७)

२. निरज केसी, ३६ वर्ष (प्युठान नगरपालिका–१०)

३. निर्मला भुषाल, ३६ वर्ष (प्युठान मालारानी गाउँपालिका–२)

४. सुरज सुनार, २५ वर्ष (प्युठान गौमुखी गाउँपालिका–७)

५. पवित्रा दर्लामी, २९ वर्ष (अर्घाखाँची सितागंगा नगरपालिका–८)

६। पुरन गिरी, २८ वर्ष (प्युठान झिम्रुम नगरपालिका–७)

७. समिर के एम, २० वर्ष (प्युठान नगरपालिका–८)

८. तारापति बुढाथोकी, ३६ वर्ष (सारुमहारानी गाउँपालिका–४)

९. मुनादेवी बुढाथोकी, ३५ वर्षीया (सारुमहारानी गाउँपालिका–४)

१०. मनदेवी थापा, ५६ वर्ष (प्युठान ऐरावती गाउँपालिका–६)

११. पदम थापा, ६० वर्ष (प्युठान)

१२. सुशील केसी, २१ वर्ष (प्युठान नगरपालिका–१०)

१३. प्रतिभा भण्डारी, १७ वर्ष (प्युठान नगरपालिका–४)

१४. सलिसा थापा, १८ वर्षीया (प्युठान नगरपालिका–८)

१५. प्रकाश केसी, ३८ वर्ष (प्युठान नगरपालिका–१)

१६. पार्वता केसी, ५३ वर्ष (प्युठान नगरपालिका–८)

१७. गौरव झाक्री, ३२ वर्ष (नौबहिनी गाउँपालिका–३)

१८. दिपक सुनार, २९ वर्ष (प्युठान गौमुखि गाउँपालिका–३)

१९. लाम बहादुर दर्लामी, ४९ वर्ष (अर्घाखाँची सितगंगा नगरपालिका–८)

२०. सन्तोष केसी, २५ वर्ष (प्युठान गनरपालिका–८)

२१. राजन सुवेदी, २१ वर्ष सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका (ट्रक चालक)

२२. सुवास कार्की, २६ वर्ष सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ (ट्रक चालक)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077